निर्वाचन आयोगको सम्मेलनमा दुई दर्जन विदेशी पाहुना

निर्वाचन आयोगको सम्मेलनमा दुई दर्जन विदेशी पाहुना

निर्वाचन आयोगले भोलिदेखि काठमाडौंमा एसियाली राष्ट्रहरुबीच निर्वाच सम्बन्धी सम्मेलनको आयोजना गर्दै छ । एसियन नेटवर्क फर फ्रि इलेक्सन्सको संयुक्त आयोजनामा दुई दिने छैठौं एसियन इलेक्टोरल स्टेकहोल्डर फोरम हुन लागेको हो ।

सोही कार्यक्रममा सहभागी हुन आठ वटा मुलुकका पाहुना आउने क्रम जारी छ । आज श्रीलंका, थाइल्याण्ड, ताइवान, टिमोर लेस्टे, भारत र माल्दिभ्सका आमन्त्रितहरुमध्ये कोही आइपुगेका छन् भने केही आउने क्रममा रहेको बताइन्छ । श्रीलंकाबाट तीन जना पाहुना दिउँसो साढे १२ बजे श्रीलंकन एअरमा आएका हुन् । थाइल्याण्डका तीन जना पनि थाइ एअरवेजको उडानमा सोही समयमा काठमाडौं विमानस्थलमा ओर्लिएको बताइन्छ ।

आज अपरान्ह ४ बजे भारतीय निर्वाचन आयोगका तीन जना भिस्तारा एअरको उडानमा आइपुगेका हुन् । भारतीय निर्वाचन आयोगका पूर्वआयुक्त डा.शाहबुद्धिन याकुब कुरैशी भिस्तारा एअरको उडान नम्बर युके १५५ मा हिजो आएका थिए ।

आज राति ८ बजे टिमोर लिस्टेका तीन जना र मध्यरात पौने १२ बजे माल्दिभ्सका दुई जना आइपुग्दै छन् । फिलिपिन्स र फिजीबाट पाँच जना पाहुना हिजो राति काठमाडौं आइपुगेका हुन् ।

टिप्पणीहरू