पाटनमा स्तन क्यान्सरको औषधि निःशुल्क

पाटनमा स्तन क्यान्सरको औषधि निःशुल्क

स्तन क्यान्सरका बिरामीलाई पाटन अस्पतालले निःशुल्क औषधि वितरण गर्ने भएको छ । अस्पतालले मेटास्टेटिक अवस्था अर्थात (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब र लेट्रोजोल चक्की निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।

मेटास्टेटिक अवस्थामा पुगेका बिरामीलाई प्रभावकारी देखिएको उक्त औषधिको मूल्य निकै महँगो हुने बताइन्छ । त्यसैले त्यस्ता बिरामीलाई अस्पतालले औषधि निःशुल्क वितरण गर्न लागेको हो ।

अमेरिकीहरुको पहिलो रोजाइमा रहेको यो औषधि विश्व प्रख्यात रहेको र अमेरिकी नियमनकारी निकाय  युएसएफडिएले समेत मान्यता दिएको छ ।

चिकित्सकका अनुसार स्तन क्यान्सरका बिरामीले उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्छ । अन्य क्यान्सरको औषधि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निःशुल्क वितरण हुँदै आएको छ । तर स्तन क्यान्सरको औषधि पाटन अस्पतालमा मात्र निःशुल्क वितरण गर्न लागिएको हो ।

टिप्पणीहरू