विदेश पुर्याएर मानव बेचबिखन कार्यमा २७ वर्षीया युवतीको संलग्नता

विदेश पुर्याएर मानव बेचबिखन कार्यमा २७ वर्षीया युवतीको संलग्नता

गोरखाकी एक युवती मानव बेचबिखन आरोपमा पक्राउ परेकी छन् । धार्चे गाउँपालिका–४ की २७ वर्षीया कबिता गुरूङलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

उनले थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाएर दुई जना म्यानमार पुर्याएर बेचेको तथ्य खुलेको छ । उनले बिजनेस भिसामा दुई जनालाई झुक्याएर म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्याएर बन्धक बनाएको पीडितहरुको भनाई छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको देखिन आएको हो ।  पीडितहरुबाट जनही दुई लाख ६० हजार रुपैयाँ लिएर थाइल्याण्ड भन्दै म्यान्मार पठाइएको थियो । 

उनीहरुलाई बिटकोइनलगायत भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र टार्गेट पूरा नभए कुटपिट गर्ने, इलेक्ट्रिक सक लगाउने गरेकाले झण्डै ९ महिनापछि नेपाल फर्कन आठ लाख रुपैयाँ तिराइएको थियो । 

गुरुङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरिएको छ ।

टिप्पणीहरू