झम्सिखेलमा प्रहरीको गोली खाएकाको साथमा हतियारसँगै लागुपदार्थ र विदेशी मुद्रा

झम्सिखेलमा प्रहरीको गोली खाएकाको साथमा हतियारसँगै लागुपदार्थ र विदेशी मुद्रा
सुन्नुहोस्

प्रहरीले आज दिउँसो झम्सिखेलमा एक जना लागुपदार्थ कारोबारीमाथि गोली प्रहार गरेको छ । लागुपदार्थको कारोबार भइरहेको स्थानमा प्रहरीले कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको बताएको छ ।  

उनको साथबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली, लागुऔषध झण्डै आधा किलोग्राम, नेपाली रुपैयाँ ६० हजार र भारतीय रुपिया ११ हजार फेला परेको हो ।

उदयपुरको लेखानी गाउँपालिका ९ का ४० वर्षीय अविनाष राईले प्रहरी टोलीमाथि नै हतियार तेर्साएपछि बाध्य भएर गोली चलाउन परेको प्रहरीको भनाई छ । प्रहरीको जवाफी कारबाहीमा उनको गोडामा गोली लागेको हो । त्यसपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको निम्ति पुर्याइएको थियो ।

टिप्पणीहरू