वायुसेवा निगमका अधिकृत अवैध गिरोहमा संलग्न, नक्कली कागजात बनाएको पुष्टि

वायुसेवा निगमका अधिकृत अवैध गिरोहमा संलग्न, नक्कली कागजात बनाएको पुष्टि
सुन्नुहोस्

नक्कली कागजात बनाएको अभियोगमा नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । सर्वसाधारणलाई भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गिरोहमा संलग्न भएको आरोपमा होमनाथ पोखरेललाई नियन्त्रणमा लिइएको बताइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । भिजिट भिसामा कामदार पठाउने गिरोहको अनुसन्धानको क्रममा पोखरेलको संलग्नता देखिएको हो । नक्कली कागजात प्रकरणमा प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरेको थियो । 

उनी निगमको त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलतर्फको कार्यालयमा कार्यरत हुन् । पक्राउपछि सरकारी कागज किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूको हिरासतमा राखिएको छ ।
 

टिप्पणीहरू