सुन तस्करीमा प्लम्बर र ट्वाइलेट पुछ्ने चार जनासङ्ग सोधपुछ

सुन तस्करीमा प्लम्बर र ट्वाइलेट पुछ्ने चार जनासङ्ग सोधपुछ

शरीरमा टाँसेर ल्याइएको १४ किलोग्राम सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा सरसफाईको काम गर्ने चार जना समातिएका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) को टोलीले सगरमाथा सरसफाई कम्पनीका चार जना कर्मचारीलाई सोधपुछका लागि भन्दै हिजो नियन्त्रणमा लिएको हो । समातिनेहरुमा सो कम्पनीका सिनियर प्लम्बर काठमाडौ मूलपानी घर भएका शेरबहादुर बस्नेत,कपिल ओझा,गणेश चेपाङ र शकुन्तला कार्की छन् । 

जसमध्ये बस्नेतबाहेक सबैलाई सोधपुछपछि हिजै छाडिएको सिआइबीले जनाएको छ । बस्नेतको भने सुन तस्करी प्रकरणमा संलग्नताको आशंका देखिएकाले थप अनुसन्धान भैरहेको बताइएको छ ।  

गत शुक्रबार करिब १४ किलोग्राम सुनको पाता शरीरमा टाँसेर दुबईबाट आएका गोरखाका चन्द्र घले विमानस्थलमा पक्राउ परेका थिए । प्रहरी र भन्सारको प्रारम्भिक जाँचबुझका क्रममा उनले विमानस्थलको शौचालय र फोहोरको भाँडोमा सुन फाल्ने र पछि त्यहाँबाट बाहिर लैजाने गरेको तथ्य खुलेपछि सफाईका कर्मचारी अनुसन्धानमा तानिएका हुन् ।
 

टिप्पणीहरू