जात्रामय काठमाडौंका दक्षिणी भेगका गाउँ (फोटोफिचर)

जात्रामय काठमाडौंका दक्षिणी भेगका गाउँ (फोटोफिचर)
सुन्नुहोस्

यतिबेला काठमाडौंको दक्षिणी भेग जात्रामय छ । चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र रहेका केही गाउँमा ‘न्हयगां जात्रा’ शुरु भएको छ । 

‘सात गाउँ जात्रा’ पनि भनिने ‘न्हयगां जात्रा’ कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँमा मनाइन्छ । सात स्थानमा पटकपटक गरेर मनाइने जात्रामा मूलतः अष्टमातृका देवीहरुको पूजाआजा गरिन्छ । हरेक गाउँको आ–आफ्नै देवी छन् । इन्द्रायणी देवीको पूजा गरेर आज कीर्तिपुरमा जात्रा मनाइएको छ ।   

जात्रा मनाइने यी सातै गाउँ कुनै बेला काठमाडौंको नगरसभ्यता रहिसकेका स्थान हुन् । यो क्षेत्रमा नेपालका धेरै लिच्छवीकालीन अभिलेखहरु प्राप्त भएका छन् । नेपालको प्राचीन इतिहास निर्माणमा यी गाउँको ठूलो योगदान रहेको पाइन्छ । यसमध्ये पनि कीर्तिपुर प्राचीनकालदेखि नै केन्द्रमा रहँदै आएको छ । मध्यकालमा एक समय तत्कालीन पाटन राज्यको राजधानीसमेत कीर्तिपुरमा रहन पुगेको थियो । त्यतिबेला निर्माण भएको दरबारको अवशेष अझैपनि कीर्तिपुरमा रहेको छ ।


 

टिप्पणीहरू