कार्यालयभित्रै जुवाको खाल, फर्निचर कारखानामा पनि जुवाडे

कार्यालयभित्रै जुवाको खाल, फर्निचर कारखानामा पनि जुवाडे

कम्पनीको कार्यालयभित्र जुवा खेल्ने सात जना खालबाटै समातिएका छन् । 

डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका– २ ठूलो भप्याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जनसहित सात जना समातिएका हुन् ।

 
विशेष सुराकीको आधारमा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले हिजो साँझ उनीहरुलाई एक लाख १५ हजार रुपैयाँ नगद र तीन तासबुकसहित नियन्त्रणमा लिएको जनाएको छ । 

यस्तै, काभ्रेको पनौतीबाट पनि प्रहरीले आठ जुवाडेलाई समातेको छ । पनौती नगरपालिका–४ ठाडो बाटोस्थित श्री लक्ष्मी फर्निचरमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय शान्त प्रसाद तिमिल्सिनासहित पक्राउ परेका हुन् ।
 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरुलाई हिजो साँझ नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट दुई लाख १६ हजार सात सय ५ रुपैयाँ नगद र दुई तासबुक बरामद समेत गरेको छ । 

साथै, दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी गराइएको छ ।

टिप्पणीहरू