दुई लाख बचतकर्ताको बिल्लीबाठ पार्ने सहकारीका अध्यक्ष थुनामा, उजुरी माग्दै प्रहरी

दुई लाख बचतकर्ताको बिल्लीबाठ पार्ने सहकारीका अध्यक्ष थुनामा, उजुरी माग्दै प्रहरी

बाँकेमा शिवशिखर कृषि सहकारी संस्थाविरुद्ध तीन हजारभन्दा बढी उजुरी परेको छ । सहकारीमा बचत गरेका तीन हजार चारसय २९ जनाले जाहेरी दरखास्त गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको हो । 

सोबाहेक जाहेरी दरखास्त दिन छुटेका अन्य बचतकर्तालाई संस्थामा रकम जम्मा गरेको प्रमाण कागजातसहित उजुरी दिन प्रहरीले आह्वानसमेत गरेको छ । 

प्रहरीको सूचनामा भनिएको छ, ‘उक्त सहकारीका सञ्चालक तथा कर्मचारीहरुले संस्थामा रकम जम्मा गर्नु हुने बचतकर्ताहरुको बचत रकम ठगी गरेको भन्ने ठगीसम्बन्धी कसुर मुद्दाको अनुसन्धान तहकिकातको सिलसिलामा हालसम्म तीन हजार चार सय २९ जाहेरी दरखास्त प्राप्त हुन आएको, सो बाहेक जाहेरी दरखास्त दिन छुट्नु हुने अन्य बचतकर्ता सम्पूर्ण महानुभावहरुमा उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजातसहित यस कार्यालयमा जाहेरी दरखास्त पेश गर्नका लागि अनुरोध गर्दछौं ।’

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिवशिखरले मुलुकभरका करिब दुई लाख बचतकर्ताको दश अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका व्यक्तिहरु थुनामा छन् ।

टिप्पणीहरू