जीवनको घरमा जुवा खेल्नेहरु पुलिसको फन्दामा

जीवनको घरमा जुवा खेल्नेहरु पुलिसको फन्दामा
सुन्नुहोस्

धादिङमा जुवाडेहरु खालबाटै समातिएका छन् । धुनिवेशी नगरपालिका–६ धार्केका जीवन रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय विशाल मानन्धरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो साँझ नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट ५७ हजार ८० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

टिप्पणीहरू