प्रियंकाले उमेरको कुरा निकालेपछि श्रीमान् निक लाजले भुतुक्क
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो श्रीमान निक जोनसमाथि गरेको रोष्ट (मजाक)को भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । 'नेटफ्लीक्स इन्डिया'ले ८ महिना अघि आयोजना गरेको एक कार्यक्रममा प्रियंकाले निर्धक्क आफ्नो श्रीमानमाथि रोष्ट हानेकी थिइन् । त्यसको एउटा छोटो क्लीप अहिले भाइरल भएको हो ।
प्रियंकाका श्रीमान जोनस पनि अमेरिकी पप गायक हुन् । उनीहरुबीच सन् २०१८ मा विवाह भएको थियो । रमाइलो कुरा त के छ भने, जोनसभन्दा प्रियंका १० वर्षले जेठी हुन् । प्रियंका अहिले ४१ वर्ष पुगिन् भने, जोनस ३१ वर्षका भए ।
उक्त छोटो भिडियो क्लीपमा प्रियंकाले श्रीमान जोनसलाई उमेर-अन्तरको कटाक्ष गर्दै व्यंग गरेपछि उपस्थित सबै दर्शक ताली बजाएर हाँसेको देखिन्छ । प्रियंकाले जोनसलाई भन्छिन्, 'म संस्कृतिको धनि देश भारतबाट हुँ, त्यसैले म उसलाई ९०औँ दशकका पप गीत र संस्कृतिका कुरा सिकाउछु । तर उसले मलाई टिकटक चलाउन सिकायो ।'
प्रियंकाले थप्दै अझै भन्छिन्, 'खैर, म उसलाई सफल कलाकार कसरी बन्ने भन्नेबारे पनि सिकाउछु । जसको उदाहरण म आफै हुँ ।' प्रियंकाले यसो भनिरहदा दर्शकहरुको चर्को ताली सुनिन्छ । जोनस भने लाजले भुतुक्कै हुन्छन् । उनी आफू बसेको सोफाबाट जुरुक्क उठेर पछाडी जान्छन् ।
प्रिंयकाले आफ्नो श्रीमान जोनसलाई मात्र होइन्, जोनसका भाइ अर्थात् आफ्ना देवरलाई समेत व्यंग गर्छिन् । उनी भन्छिन्, 'जोनसको भाइ सधैँ मोबाइलमै झुन्डिरहन्छन् । फेसबुक, इन्स्टा, ट्वीटरमा फोटो र स्टाटस हालिरहन्छन् । तर बिडम्बना दाजुभाईको लाईक संख्या भन्दा त मेरै फ्लोअर बढी छन् ।'
प्रियंकाले यसो भनिरहँदा जोनसका भाइ पनि लजाउँदै अनुहार छोपिरहेको भिडियो क्लिप्समा देख्न सकिन्छ । यस भिडियोप्रति दर्शकले मिश्रित टिप्पणी गरेका छन् । खासगरी महिला अधिकारकर्मीहरुले भिडियो शेयर गर्दै 'यत्तिको कन्फिडेन्ट हुन आवश्यक छ' भनी सकारात्मक टिप्पणी गरेका छन् । केही दर्शकले भने प्रियंकाले आफ्नो श्रीमानमाथि अराजक र भद्धा मजाक गरेको बताएका छन् ।
टिप्पणीहरू