अश्लिल तरिकाले जिब्रो निकालेपछि गृहमन्त्रीका पिएको मोबाइल अफ

अश्लिल तरिकाले जिब्रो निकालेपछि गृहमन्त्रीका पिएको मोबाइल अफ

-टेकसिंह धामी

सुदूरपश्चिमका एकजना मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो । एक मिनेट ५० सेकेन्डको उक्त भिडिओमा शर्माले अश्लील गतिविधि गरेको देखिन्छ । 

तर, उक्त भिडिओ हेर्दा शर्मा  स्क्यामरमा फसेकोझैँ देखिन्छ । पछिल्लो समय स्क्यामरका कारण भिडिओ कलबाट थुप्रैको जीवन उजाडिएको छ ।

स्क्यामरले विभिन्न प्रलोभनमा कल गर्न बाध्य पार्ने, अश्लील गतिविधि गर्न लगाइ भिडिओ रेकर्डपछि ब्ल्याकमेल गर्ने गर्छन् । भनेजति पैसा नदिए भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिने गरिएको छ ।

यथार्थ बुझ्न शर्मालाई फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन । त्यसबारे मन्त्री भट्टसँग सम्पर्क गर्दा उनले आफू बैतडी सदरमुकाममा रहेको र स्वकीय शर्मा घर गएको जानकारी दिए । 

उनले आफूलाई पनि शर्माको विषयमा जानकारी आएको जनाउँदै आफूले सो सम्बन्धमा बुझिरहेको दाबी गरे । शर्माको घर बैतडीको दशरथचन्द नगरपालिका–७ हो ।

टिप्पणीहरू