लागूऔषधसहित खत्री समातिए

लागूऔषधसहित खत्री समातिए

उदयपुरमा लागूऔषधसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । चौडण्डीगढी नगरपालिका–१ बेलटार बस्ने २६ वर्षीय योगेन्द्र खत्री पक्राउ परेका हुन् । 

प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले हिजो दिउँसो बेलका नगरपालिका–१ बाट लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो । 

खत्रीको साथबाट ८ सय २० मिलिग्राम ब्राउनसुगर, ४ ग्राम १ सय ९० मिलिग्राम चरेस र १५ ट्याब्लेट ईस्पास्मो बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू