फेक आइडी बनाएर ब्ल्याकमेल गर्नेहरु पुलिसको फन्दामा

फेक आइडी बनाएर ब्ल्याकमेल गर्नेहरु पुलिसको फन्दामा

फेसबुकमा युवतीको नक्कली अकाउन्ट बनाएर युवाहरुलाई ब्ल्याकमेल गर्ने तीनजना पक्राउ परेका छन् । 

पोखरा-२९ तालचोकका २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर-१३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका-१ का २१ वर्षीय युनिक सिंहलाई प्रहरीले पोखराबाट समातेको हो । उनीहरुले फेसबुकमा युवतीको नामबाट आइडी बनाएर युवाहरुलाई साथी बनाउने र विस्तारै ब्ल्याकमेल गर्ने गरेको खुलेको छ ।

संगठित रुपमा तीनजना मिलेर ब्ल्याकमेलको धन्दा चलाएकका उनीहरुले सुरुमा साथी बनाएर म्यासेन्जरमा फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेको प्रहरीले बताएको छ । स्क्रिन रेकर्ड सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डरधम्की दिँदै पैसा असुल्ने गरेको कास्की प्रहरीले जनाएको छ । 

पक्राउ परेका तीनै जनामाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू