अमेरिकाबाट आएको पार्सलमा गाँजाको पोको, हुलाक कार्यालय छेउबाट तीनजना पक्राउ

अमेरिकाबाट आएको पार्सलमा गाँजाको पोको, हुलाक कार्यालय छेउबाट तीनजना पक्राउ

अमेरिकाबाट पार्सल गरी ल्याइएको एक किलो गाँजासहित तीनजना बारामा समातिएका छन् । 

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले हिजो साँझ जिल्ला हुलाक कार्यालय नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका–१ सिसौवारी निवासी २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह र २२ वर्षीय कृष्णा सर्राफ समातिएको प्रहरीले बताएको छ । 

विदेशबाट आएको कार्टुनमा पोपर्कन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र तीन प्याकेट गाँजा, ओल्ड फेसन्ड ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गाँजा र क्युक ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गरी १ किलो १४६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू