मोरङमा बालिका बलात्कृत, झापामा महिलामाथि जबरजस्ती करणी

मोरङमा बालिका बलात्कृत, झापामा महिलामाथि जबरजस्ती करणी

मोरङमा १० वर्षीया एक बालिका बलात्कृत भएकी छन् । जबरजस्ती करणीको आरोपमा प्रहरीले सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकका ५५ वर्षीय पदम मगरलाई समातेको छ । 

उनले ती बालिकालाई अस्ति बेलुकी करणी गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनलाई नियन्त्रणमा लिएको हो । 

यस्तै, झापामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई समातेको छ । बुद्धशान्ति गाउँपालिका–४ बस्ने ३७ वर्षीय सुमन लिम्बु पक्राउ परेका हुन् । 

अस्ति राति ती महिलालाई करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ लिम्बुलाई पक्रेको हो । 

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू