पोखराका ठग फेला परे

पोखराका ठग फेला परे

ठगी मुद्दाका फरार प्रतिवादी मिलन पहारीलाई प्रहरीले फेला पारेको छ । कास्कीको पोखरा महानगरपालिका–६ बैदाममा बस्दै आएका ४० वर्षीय उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

फेवाताल घुम्न गएकाको फोटो खिचेबापत अवैध असुली र ठगेको आरोपमा प्रहरीले गत मंसिर २२ गते पोखरा–६ का वडा सदस्य विकास पहारीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । 

व्यवसाय नै दर्ता नगरी लेकसाइडस्थित पैदलयात्री हिँड्ने बाटोमा फोटो खिच्ने र पर्यटकलाई धम्काउँदै १३ हजार लिएर भागेको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्रेको हो ।

तर, उक्त कार्यमा संलग्न मिलन भने फरार भएका थिए । खोजतलासको क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई अदालतमा पेश गरिएको छ ।

टिप्पणीहरू