घर अगाडिको पोखरीमा डुबेका दुधे बालक बिते

घर अगाडिको पोखरीमा डुबेका दुधे बालक बिते

धनुषामा पोखरीमा डुबेर एक काखे बालकको ज्यान गएको छ । शहिदनगर नगरपालिका–६ हठिपुर बस्ने भरोशी मण्डलका २ वर्षे छोरा मनुको पोखरीमा डुबेर निधन भएको हो । 

हिजो दिउँसो घरअगाडिको पोखरीमा डुबेपछि सिकिस्त भएका उनलाई उपचारार्थ प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । तर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनएको छ । 

प्रहरीका अनुसार हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू