ब्राउनसुगर लिएर स्कुटरमा हिँडेका दुई युवती पक्राउ

ब्राउनसुगर लिएर स्कुटरमा हिँडेका दुई युवती पक्राउ

कैलालीमा ब्राउनसुगरसहित दुई युवती समातिएका छन् । धनगढी उपमहानगरपालिका–२ बस्ने २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया विष्टलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले सोही उपमहानगर–३ मिलन चोकबाट करिब दुई ग्राम ब्राउनसुगरसहित उनीहरुलाई हिजो बेलुकी नियन्त्रणमा लिएको जनाइएको छ । 

मिलन चोकस्थित सु.प.प्र.०१–००१ प १७०९ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरु ब्राउनसुगरसहित फेला परेको प्रहरीको भनाई छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू