फोन गरेर धम्क्याउने भगवान पुलिसको फन्दामा

फोन गरेर धम्क्याउने भगवान पुलिसको फन्दामा

ज्यान मार्ने धम्की दिएर रकम माग्ने एक युवकलाई प्रहरीले समातेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय श्री भगवान साह पक्राउ परेका हुन्। 

एक व्यापारीलाई पटक-पटक फोन गरी उनीसहित छोरा-छोरीलाई मार्ने धम्की दिई उसाहले पाँचदेखि ५० लाख रुपैयाँसम्म रकम मागेको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । 

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । साहउपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू