जागिरको लोभ देखाएर रुस पठाउने ठगहरु पुलिसको फन्दामा

जागिरको लोभ देखाएर रुस पठाउने ठगहरु पुलिसको फन्दामा

आकर्षक तलबको प्रलोभन देखाएर युवाहरुलाई रसिया पठाउने ठगी धन्दा चलिरहेका दुईजना पक्राउ परेका छन् । 

रसियाका होटलहरुमा राम्रो तलब हुन्छ भन्दै त्यहाँ पठाउनको लागि ६ लाख असुलेको आरोपमा गोरखाका अर्जुन सुनार र सोलुखुम्बुका शेरबहादुर राईलाई प्रहरीले समातेको हो । उनीहरुले अलास्का नामक एउटा ट्राभल्स खोलेरै ठगी गर्दै आएको खुलेको छ । 

त्यो समूहले शंकर कार्की, राजन राई र विकास राईलाई होटलमा धेरै तलब हुन्छ भनेर रसिया पठाएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

दुबै जनालाई मानव तस्करीको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू