हात्तिवनमा जुवाको खाल, साढे तीन लाखसहित नौ जनाको बेहाल

हात्तिवनमा जुवाको खाल, साढे तीन लाखसहित नौ जनाको बेहाल

काठमाडौंको हात्तिवनमा जुवा खेलिरहेका नौ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्रेको छ । दक्षिणकाली नगरपालिका–५, हात्तिवनस्थित जंगलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई खालको रकमसहित पक्राउ गरिएको हो ।

स्थानीय डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत नौ जनालाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले उनीहरूलाई तीन लाख ६५ हजार रूपैयाँसहित फेला पारेको हो । जुवाडेको साथबाट विभिन्न ब्राण्डका मोबाइल १० थान पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू