दुबईबाट आएकी श्रीलंकाली महिलाको ब्रा र पेन्टीमा एक किलो सुन

दुबईबाट आएकी श्रीलंकाली महिलाको ब्रा र पेन्टीमा एक किलो सुन
सुन्नुहोस्

संयुक्त अरब इमिरेट्सको दुबईबाट काठमाडौं आएकी श्रीलंकाली महिला अवैध एक किलोग्राम सुनसहित फेला परेकी छन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा मध्यरात साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेकी कान्थीमाथि काभास्कारले शरीरभित्र लगाइरहेको ब्रा र पेन्टीभित्र हालेर उक्त परिमाणको धुलो सुन ल्याएको बताइएको छ ।

श्रीलंकाली राहदानी नम्बर ८१५१३८५ वाहक ती महिलालाई विमानस्थलको भन्सार क्षेत्र कटेर बाहिर निस्कने क्रममा प्रहरीले शंकाको आधारमा चेक जाँच गरेको थियो । सुनसहित ती महिलालाई राति नै प्रहरी वृत्त गौशाला पठाएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू