सिंगापुर पुगेका फरार प्रतिवादी काठमाडौं विमानस्थलमा समातिए

सिंगापुर पुगेका फरार प्रतिवादी काठमाडौं विमानस्थलमा समातिए

ठगी अपराध मुद्दाका फरार एक जना प्रतिवादी गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् । राति पौने १० बजे सिंगापुरबाट आएका सफलराज कुँवरलाई प्रहरीले अध्यागमन डेस्क नजिकैबाट नियन्त्रणमा लिएको हो । 

सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा नेपाली राहदानी ०७३७४६६३ बोकेका कुँवरलाई प्रहरीको पत्रको आधारमा नियन्त्रणमा लिइएको थियो । त्यसपछि उनलाई अध्यागमन कार्यालयले प्रहरीको जिम्मा लगाएको हो ।

टिप्पणीहरू