१२ करोड हिनामिना गरेर भागेका सहकारीका अध्यक्ष प्रहरीको फन्दामा

१२ करोड हिनामिना गरेर भागेका सहकारीका अध्यक्ष प्रहरीको फन्दामा

बचतकर्ताको करोडौ रकम हिनामिना गर्ने रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् । 

सहकारीको १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार भएका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई प्रहरीले पक्राउ गरेको हो । 

बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाई सो रकम हिनाहिना गरेर संचालक फरार भएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले १२ करोड ३५ लाख ४८ हजार रुपैयाँ हिनाहिना गरेको आरोप लागेको छ ।

तीनकुनेमा केन्द्रीय कार्यालय रहेको गोर्खा बचतको जोरपाटी र भक्तपुरमा शाखा कार्यालय छन् ।

टिप्पणीहरू