मसाज सेन्टरमा आगालागी हुँदा लाखौँको धनमाल खरानी

मसाज सेन्टरमा आगालागी हुँदा लाखौँको धनमाल खरानी
सुन्नुहोस्

काठमाडौँको जडीबुटीस्थित एक स्पा सेन्टरमा आगलागी हुँदा २६ लाख बराबरको धनमाल नोक्सान भएको छ । 

भवानी गौतमको घरको पहिलो तलामा रहेको 'प्रि अप माइन्ड मसाज एण्ड स्पा सेन्टर'मा आज बिहान करिब ४ बजेतिर आगो लागेको हो । नवीना खत्रीले सञ्चालन गरेको सो मसाज सेन्टरमा आगो तिब्र रुपले बढेपछि तत्काल २ वटा दमकलको प्रयोग गरिएको थियो । 

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिइए पनि भौतिक क्षेती पुगेको प्रहरीले बताएको छ । विद्युत् सट भएर आगलागी भएको हनुसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 

टिप्पणीहरू