साढे सात हजार बचतकर्ताको रकम हिनामिना गर्ने कान्तिभैरवका अध्यक्ष पक्राउ
सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका सञ्चालक र कर्मचारीहरु समातिएका छन् ।
उनीहरुले आपसी मिलेमत्तोमा सात हजार ७०० बचतकर्ताको १ अर्ब २१ करोड हिनामिना गरेको बचतकर्ताको दावी छ । सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइसमेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक चन्द्रप्रसाद पौडेल भने अझै फरार छन्। चारै जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र खोजी भैरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू