ल क्याम्पसका अध्यक्षमाथि छोराद्वारा हतियार प्रहार, अवस्था गम्भीर

ल क्याम्पसका अध्यक्षमाथि छोराद्वारा हतियार प्रहार, अवस्था गम्भीर
सुन्नुहोस्

काठमाडौंको बिजुलीबजारस्थित चक्रवर्ती ल कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोरा निरज भण्डारीले हतियार प्रहार गरेका छन् । निरजले गएराति हतियार प्रहार गरेपछि बाबु देवेन्द्र गम्भीर घाइते भएका हुन् । अहिले उनको नर्भिक अस्पताल, थापालथलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ । उनले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई कलेजमा प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो । राति ११ बजे कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो ।

भण्डारीका बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ ।

टिप्पणीहरू