सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सजाय तोकिँदै

सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सजाय तोकिँदै
सुन्नुहोस्

उमेर नपुगेकी युवतीलाई बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय तोक्न लागिएको छ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध सजाय निर्धारणका लागि आज पेसी तोकिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ गते लामिछानेलाई दोषी ठहर गरे पनि सजायको निम्ति आज पेसी राखिएको हो । आज उनीविरुद्ध कैद सजाय, जरिवाना र क्षतिपूर्ति तोकिँदै छ ।

विद्यमान कानुनमा उनलाई ७ देखि १० वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था छ । 

अघिल्लो वर्ष भदौ २३ गते काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । त्यसबेला विदेशमा रहेका लामिछानेलाई असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेपछि प्रहरीले कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालत पाटनले उनलाई पुस २८ गते २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

टिप्पणीहरू