पुलमुनि फेला परेको शिशुको शव पाटन अस्पतालमा

पुलमुनि फेला परेको शिशुको शव पाटन अस्पतालमा

कोटेश्वर नजिकैको बालकुमारी पुलमुनि नवजात शिशुको शव फेला परेको छ । हिजो फेला परेको शवलाई पोष्टमार्टमको निम्ति पाटन अस्पतालमा राखिएको छ ।

ट्याक्टरले बोकेर ल्याएको फोहोरलाई पुलमुनि छुट्याउने क्रममा कपडामा बेरिएको अवस्थामा करिब एक साताको शिशुको शव फेला परेको हो । 

हिजो अपरान्ह त्यहाँबाट प्रहरीले मुचुल्का उठाएर लगेको शिशुको शव पाटन अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू