सवारी साधन दुर्घटनामा प्रमुख प्रशासकीय अधिकृतसहित आधा दर्जन घाइते

सवारी साधन दुर्घटनामा प्रमुख प्रशासकीय अधिकृतसहित आधा दर्जन घाइते

सिन्धुपाल्चोकमा भएको सवारी साधन दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । उनीसहित छ घाइते जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तिपेनी लागर्चे सडकमा भएको दुर्घटनामा गाडी एक सय मीटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई पाँचपोखरी प्राथमिक अस्पतालमा प्राथमिक उपचार गरेर एम्बुलेन्स मार्फत् काठमाडौं ल्याइएको छ । 

उनीहरुको नेपाल आर्थोपेडिक अस्पताल, शंकरापुर अस्पताल र वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको छ ।

टिप्पणीहरू