एउटा डिआईजीको म्याद थपले के पार्छ प्रभाव

एउटा डिआईजीको म्याद थपले के पार्छ प्रभाव

हाकिम दाहिना भएपछि भाग्य चम्किन के बेर भन्ने उखान सशस्त्र प्रहरीमा फेरि देखिएको छ । डिआइजी किशोर प्रधानको पदावधि एक वर्ष थपिएपछि यस्तो अवस्था आइलागेको हो । तर उनको पुरै भाग्य चम्किनका लागि भने एआइजीको एउटा दरबन्दी थप हुनुपर्छ । 

केही वर्षअघि हाकिम दाहिना नहुँदा सशस्त्र प्रहरी प्रमुख हुने पक्कापक्की भएका प्रविण श्रेष्ठ र सुरज श्रेष्ठले त्यत्तिकै घर फर्किनु परेको थियो । पदावधि थपिएका भए उनीहरू दुवै आइजिपी हुन्थे । 

अहिले पदावधि थपिएका प्रधानले करार सेवाबाट आफ्नो करिअर शुरु गरेका हुन् । त्यसपछि प्राविधिक फाँटमा काम गर्थे । तर तत्कालीन प्राविधिक आइजिपी कोषराज वन्तले प्राविधिक फाँटलाई इन्फेन्ट्री (अप्राविधिक)तर्फ लगे । गृहमन्त्री गोरखाका र प्रधान तनहुँका भएकाले दुवैबीच भूगोलको नातालेसहयोग पुगेको बताइन्छ । 

यसबीच नेपाल र भारतका सीमा क्षेत्रमा हुने विवाद समाधान गर्न गठित बाउण्ड्री वर्किङ गु्रप (बिडब्लुजी) को बैठक बस्न भारतीय पक्षले आलटाल गरे पनि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा भत्किएका, हराएका एक हजार ८ सय सीमास्तम्भको मर्मत गरेको छ । भारत र चीनतर्फ ८ हजारभन्दा बढी सीमा स्तम्भ छन् । यस वर्ष सशस्त्रले सीमाक्षेत्रका २ हजार ३ सय २१ वटा पिलर मर्मत गर्नुपर्ने छ ।

गत वर्ष भने १०४६ वटा पिलर मर्मत गरिएका थिए । भारतीय पक्षले विजोर नम्बर र नेपाली पक्षले जोर नम्वरका पिलरहरूको मर्मत गर्दै आएको छ । चुच्चे नक्सा प्रकरणपछि भने सो गु्रपको बैठक बसेको छैन ।

टिप्पणीहरू