समाचार भाइरल भएपछि 'धोकेबाज गायिका' को गुनासो

समाचार भाइरल भएपछि 'धोकेबाज गायिका' को गुनासो

आफ्नो सम्बन्ध बिच्छेदको समाचार भाइरल भएपछि गायिका एलिना चौहानले मिडियाप्रति गुनासो पोखेकी छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले ब्रेकअपको पीडामा समाचारले झन् पीडा थपेको बताएकी हुन् । 

गायिका चौहानले भनेकी छन्, 'म आफैँ सहि समयमा यो कुरा बाहिर ल्याउने थिए, यसरी हजुरहरुले समय बर्वाद गर्नु पर्थेन । बिछोड-धोकाजस्ता शब्दहरु भनेकै पीडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन, तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालीले थाहा पाउनु पर्छ र रमाउनु पर्छ ।'

सञ्चार माध्यमले आफ्नो निजि कुरालाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गरेको उनको दुखेसो छ । आफू सार्वजनिक व्यक्ति भए पनि कतिपय गोप्य कुरा सार्वजनिक गर्ने,नगर्ने अधिकार आफैँले तय गर्न पाउनुपर्ने उनको तर्क छ । 

'म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु तरपनि मेरो व्यक्तिगत जीवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसंग मात्र छ', चौहानले लेखेकी छन्, 'थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा संचारकर्मीहरुले मेरो ईच्छा बिन अथवा सहि समयको पर्खाई बिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पीडा दिनुभएन ।'

उक्त स्टाटसमा उनका समर्थकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले सार्वजनिक व्यक्तिको पनि निजि जीवन हुने भएकाले अनुमति बिना कसैको गलत समाचार बनाउउनु गलत हो भनेका छन् । केहिले भने प्रेम सम्बन्ध सार्वजनिक गरेर  चौहानले गल्ति गरेको बताएका छन् । 

'धोकेबाज हौ तिमी' बोलको गीतले युवा पुस्तामा लोकप्रियता कमाएकी गायिका चौहान आफैँले आफ्नो एक वर्ष लामो प्रेम सम्बन्ध अन्त्य भएको खुलाएकी थिइन् । त्यसअघि उनी अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेम सम्बन्ध रहेको भनिएको थियो ।
 

टिप्पणीहरू