सोत्तर सोहर्न गएकी शारदाको करेन्ट लागेर निधन

सोत्तर सोहर्न गएकी शारदाको करेन्ट लागेर निधन

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । हेलम्बु गाउँपालिका–४, ग्याल्थुङ भोटेपाखा बस्ने ४५ वर्षीया शारदा लामिछानेको करेन्ट लागेर निधन भएको बताइएको छ । 

आज बिहान स्थानीय बारीमा सोत्तर सोहोर्ने क्रममा बिजुलीको हाईटेन्सन लाईनको पोलबाट भुँईमा लत्रिएको तारबाट आएको करेन्टका कारण उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू