जीप दुर्घटनामा दुई भुटानीको निधन

जीप दुर्घटनामा दुई भुटानीको निधन

सिन्धुपाल्चोकमा भएको जीप दुर्घटनामा दुई जना भुटानी नागरिकको ज्यान गएको छ । हेलम्बु गाउँपालिका १ स्थित दोरिङ भीरमा बा.२ च ४४५० नम्बरको ल्याण्ड क्रुजर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन । भुटानी  नागरिकहरु ३३ वर्षे अब्गे र ७१ की वाङमोको घटनास्थलमा नै मृत्यु भएको हो ।

हेलम्बु गाउँपालिका २ का ४२ वर्षे जीप चालक रामचन्द्र भण्डारीसँगै भुटानी नागरिकहरु ७४ वर्षका हाइज, ४२ वर्षका पुमा छिरिङ, ६५ कि गुची र ५६ वर्षे फुङ घाइते भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू