जीप दुर्घटनामा एक दर्जन घाइते, अधिकांश किशोर किशोरी

जीप दुर्घटनामा एक दर्जन घाइते, अधिकांश किशोर किशोरी

पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

गएराति फिस्लिङ नजिकै कुरिन्टारतर्फ जाँदै गरेको प्र.३ ०१ ०२३ च ३८२ नम्बरको हाइलेक्स जीप पल्टँदा उनीहरु घाइते भएका हुन् । चालक सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ का २६ वर्षे अर्जुन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार चितवन फूलबारीका २३ वर्षे सुदर्शन गुरुङको अवस्था गम्भीर देखिएको हो । उनको भरतपुरमा उपचार भइरहेको छ । अन्य घाइतेमा चितवनको इच्छाकामना गाउँपालिका ३ की १९ वर्षे निरिषा गुरुङ, वर्ष १९ का सुदिप गुरुङ, २० वर्षे एन्जिस गुरुङ, १५ वर्षकी मनिता गुरुङ हुन् । 

त्यस्तै १३ वर्षकी एनी तामाङ, २० की अन्जिता तामाङ, वर्ष २१ की सरस्वती तामाङ, १६ वर्षकी खुशी तामाङ, १५ वर्षकी एलिसा गुरुङ र १४ वर्षका सुजन गुरुङ घाइते भएको बताइएको छ ।

टिप्पणीहरू