नागरिकको फ्रिज खोल्दै घर घरमा रास्ट्रपति
चीनमा परम्परागत नयाँ वर्ष र वसन्त चाडको रौनक लागिसकेको छ । आगामी शनिबारदेखि मनाइने पर्वमा झण्डै डेढ अर्ब जनसंख्या समाहित हुँदैछ।
पर्वको शुभकामना दिन स्वयम राष्ट्रपति सि जिनफिङ विभिन्न भागमा पुग्नुभएको बताइएको छ । गत सप्ताहान्त उहाँ राजधानी बेइजिङबाट पूर्वतर्फ थिएन्चिन क्षेत्रको भ्रमणमा निस्कनुभएको चिनियाँ समाचार पत्रिका चाइना डेलीले जनाएको छ ।
चीनभित्र र बाहिर रहेका आफ्ना नागरिकलाई चाडबाडको शुभकामना व्यक्त गर्न उहाँ त्यता जानुभएको हो । उहाँले सो क्रममा स्थानीयलाई घरमै पुगेर भेट्नुभएको छ । चाडपर्वको मुखैमा उनीहरुको तयारीबारे सोधखोज गर्दै राष्ट्रपतिले फ्रिज खोलेर हेर्नुभएको थियो ।
सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘आगामी वसन्त चाड सबैले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन कुनै कसर बाँकी नराख्नू । सर्वसाधारणको खानपान र यात्राको उचित प्रबन्ध मिलाउनु ।’
टिप्पणीहरू