घाँटीमा भात अड्केर निधन

घाँटीमा भात अड्केर निधन

चितवनमा खाना खाने क्रममा एक जनाको घाँटीमा भात अड्केर ज्यान गएको छ । आज बेलुकीको खाना खाने क्रममा कालिका नगरपालिका ६, शान्ति टोलका ६८ वर्षीय आइतराम कुमालको भात अड्केर निधन भएको बताइएको छ ।

खाना अड्केपछि बेहोस भएका कुमाललाई तत्काल भरतपुरस्थित अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा पौने ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू