बिएको उत्तरपुस्तिका बोकेको गाडीका ड्राइभर मापसेमा मस्त

बिएको उत्तरपुस्तिका बोकेको गाडीका ड्राइभर मापसेमा मस्त

विश्वविद्यालयको उत्तरपुस्तिका बोकेको गाडी दुर्घटनामा परेको छ । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चलको बोलेरो काभ्रेको नमोबुद्ध नगरपालिका–६ खोलीखेतस्थित बिपी राजमार्गमा अर्को गाडीसँग ठोकिएको हो । 

प्रहरीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १० च २१० नम्बरको सो गाडीले विपरित दिशाबाट आइरहेको प्र १.०१.००१ च ८१४४ नम्बरको बोलेरोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । त्रिविको गाडीमा बिए तेस्रो वर्षको उत्तरपुस्तिका रहेको अनुसन्धानबाट खुलेको छ ।

चालकले मदिरा सेवन गरेर गाडी हाँकेका कारण दुर्घटना निम्तिएको प्रहरीले जनाएको छ । मापसे गरेर गाडी चलाउने मोरङको विराटनगर बस्ने ३२ वर्षीय दुर्गाप्रसाद न्यौपाने र त्रिविका खरिदार ६१ वर्षीय दिनेश वाग्लेलाई प्रहरी चौकी भकुण्डेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
 

टिप्पणीहरू