सोमबार मलेसियास्थित नेपाली दूतावास बन्द

सोमबार मलेसियास्थित नेपाली दूतावास बन्द
सुन्नुहोस्

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावास आगामी सोमबार बन्द हुने भएको छ । दूतावासले चिनियाँ नयाँ वर्ष तथा नेपाली सोनाम ल्होसारको अवसरमा माघ २९ गते दूतावासका सम्पूर्ण सेवा बन्द रहने जानकारी दिएको छ । 

‘मिति २०८० माघ २९ गते सोमबारका दिन मलेसियामा मनाइने चाईनिज नयाँ वर्ष तथा नेपाली सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा रहेकोले नेपाल राजदूतावास, क्वालालम्पुरबाट प्रवाह गरिने नियमित कन्सुलर सेवाहरु उक्त दिनमा बन्द रहने व्यहोरा जानकारी गराइन्छ,’ दूतावासको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू