आमा घरबाट हाम्फालेर बितिन्, नाबालक छोराछोरी कोठाभित्र

आमा घरबाट हाम्फालेर बितिन्, नाबालक छोराछोरी कोठाभित्र
सुन्नुहोस्

ललितपुरको इमाडोलमा एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–३ मा आमा,  ६ वर्षीय छोरा र २ वर्षकी छोरीको रहस्यमय निधन भएको बताइएको छ ।

प्रहरीका अनुसार इमाडोल ओचुहाइटकी रविना महर्जन तीन तला माथिबाट हामफालेकी हुन् । हिजो दिउँसो हाम्फालेकी उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आमा हाम्फालेपछि कोठामा नाबालक छोराछोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ ।
 

टिप्पणीहरू