एमाले महासचिव चढेको गाडी पल्टियो

एमाले महासचिव चढेको गाडी पल्टियो

 नेकपा एमालेका महासचिव शंकर पोखरेल सवारी दुर्घटनामा परेका छन् । 

पार्टी कामको सिलसिलामा दैलेख जानेक्रममा पोखरेलसहित एमाले नेताहरु सवार गाडी दुर्घटनामा परेको उपमहासचिव विष्णु रिमालले बताए । उनले भनेका छन्, 'एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना ।'  

महासचिव पोखरेलसहित एमाले नेताहरु पार्टीको जिल्ला कमिटी कार्यक्रमका लागि सुर्खेतबाट दैलेख जाँदै गर्दा उनीहरु सवार म १ च ३६९ नम्बरको स्कर्पियो गाडी डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा दुर्घटनामा परेको जनाइएको छ । 

दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको बुझिएको छ ।

टिप्पणीहरू