कपिलवस्तुमा बस खस्यो,१०जनाको मृत्यु ,३० घाइते

कपिलवस्तुमा बस खस्यो,१०जनाको मृत्यु ,३० घाइते
सुन्नुहोस्

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

राती १ बजे महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको  सुनौलो महाकाली  यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । सुनौलो महाकाली यातायातले सन्चालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मीटर तल खसेको हो ।

दुर्घटनामा ३० जना घाइते भएमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । 

मृतकमध्ये रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।

घाइतेहरुमा चालक पूर्ण चन्द्र,सहचालक अर्जुन कार्की,केशव हमाल,मनोज बिक, विसन दत्त भट्ट ,गीता कुँवर,नितिन कुँवर,सन्तोष चौधरी,गणेश काफ्ले,नितेश सुनार,श्रीष्टी काफ्ले,रेखाआचार्य, सुनिल कुँवर,राजेश दाहल,लोकबहादुर कार्की,ज्ञानेन्द्र पाल,मोहनसिंह लोहार, विशाल भुजेल,महेश सुनार,अशोक सिंह धामी,मनोज सिंह धामी लगायत रहेका छन् ।

टिप्पणीहरू