मुलुकभर दादुरा–रुबेला खोप अभियान

मुलुकभर दादुरा–रुबेला खोप अभियान
सुन्नुहोस्

आजदेखि मुलुकभर दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिएको छ । आगामी चैत ७ गतेसम्म जारी रहने खोप अभियानमा भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाउन थालिएको छ । 

बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइनेछ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइने जनाइएको छ ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ९ महिनादेखि ५ वर्षमुनिका २१ लाख ३० हजार ६ सय ८३ बालबालिका र ५ वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३ सय १० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाईंदै छ ।

अभियानमा ४८ हजार ७ सय ९८ खोप केन्द्र तोकिएको छ । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिननपर्ने बताइएको छ ।
 

टिप्पणीहरू