प्रचण्ड, ओली र माधवबीच भेटवार्ता
रवि लामिछानेले तिमीहरूले गृहमन्त्री नदिए काँग्रेसले मलाई प्रधानमन्त्री दिन्छ भनेर बार्गेनिङ बढाइरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच नेपाल निवास कोटेश्वरमा कुराकानी भएको बताइन्छ ।
एमाले स्रोतका अनुसार तीन जना नेताबीच साँझ ६ बजेदेखि कुराकानी हुनुअघि प्रधानमन्त्री र एमाले अध्यक्षबीच पिङ्गलास्थानमा रहेको रुद्रकेशर स्विट एण्ड रेष्टुरेन्टमा संक्षिप्त कुराकानी भएको थियो । त्यसपछि उहाँहरु माधव नेपाल भेट्न कोटेश्वर पुग्नुभएको हो ।
भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी हुनुभएको छ । हिजो साँझ प्रधानमन्त्री दाहाल र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्ष नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो ।
एमाले अध्यक्ष ओलीले पनि नेपालसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।
टिप्पणीहरू