नेपाली र विदेशी सैन्य अधिकारीहरु सिंहदरबारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली सेना र केही अन्य मुलुकका सैन्य अधिकृतहरुले संयुक्त भेट गरेका छन् ।
नेसनल क्याडेट कप्र्स (एनसिसी) कार्यक्रमअन्तर्गत दक्षिण एसियाली मुलुकका सैन्य अधिकृतहरुको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरु आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका हुन् ।
भेटमा प्रधानमन्त्रीले एकअर्का देशको आर्थिक–सामाजिक एवम् सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल, भारत, पाकिस्तान माल्दिभ्सलगायत मुलुकका ‘नेसनल क्याडेट कप्र्स’ तालिममा सहभागी प्रशिक्षार्थीहरु आज सिंहदरबार पुगेका हुन् ।
टिप्पणीहरू