सिटौलाको ठाउँमा कांग्रेसबाट युवराज
नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा युवराज शर्मालाई उठाउने भएको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी थियो । तर, नयाँ राजनीतिक समीकरणसँगै परिणाम प्रतिकूल बनेपछि शर्मालाई अघि सारिएको हो ।
सिटौला राष्ट्रियसभा दलको नेता चयन भइसकेका छन् ।
टिप्पणीहरू