अर्थमन्त्रीबाट हटेका महत चियापानमा
निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत भोलि चियापान कार्यक्रममा सहभागी हुने भएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन, पब्लिक युथ क्याम्पसले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा महत प्रमुख अतिथिका रुपमा निम्त्याइएका हुन् । कार्यक्रममा कांग्रेसको भातृ संगठन नेविसंघका केन्द्रीय सदस्य,स्ववियु सभापतिलगायतलाई निमन्त्रणा गरिएको छ ।
भोलि बिहान ८ बजे धोबिचौरस्थित क्षेत्रपाटी पार्टी प्यालेसमा कार्यक्रम हुने जनाइएको छ ।
टिप्पणीहरू