अबचाहिँ बाबुराम चौरासीको चुनावमा भिडेरै छाड्ने
'के सोचेँ मैले,के भयो अहिले' भन्ने गीतांश सम्झिदै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई तनावमा हुनुहुन्छ । भट्टराई हिजोआज राजधानी छोडेर गाउँघर (गोरखा) तिरै रम्न थाल्नुभएको छ । पुरानो घर मर्मत गर्ने निहुँमा उहाँ गाउँ जानुभएको हो ।
तर गाउँमा पनि उहाँलाई सन्चो छैन । स्थानीयहरु 'यसो गर्दिनु पर्यो,उसो गर्दिनु पर्यो' भन्दै कराउन पुगिरहन्छन् । स्थानीयहरुको विभिन्न मागमा उहाँ अहिले 'पर्खौ र हेरौँ' मात्रै भन्नुहुन्छ । कारण,अहिले सांसद हुनुहुन्न । संसदमा के भइरहेको छ ? खासै चासो पनि दिएको पाइँदैन ।
०७९ मंसिरको निर्वाचनमा प्रचण्डलाई सजिलो पार्न डा. भट्टराईले आफ्नै क्षेत्र (गोरखा-२) खाली गरिदिनुभयो । प्रचण्डले पनि २६ हजारभन्दा बढी मतसहित शानदार जीत हात पार्नुभयो । त्यही जीतकै कारण अहिले प्रधानमन्त्री हुनुहुन्छ ।
तर करिब १५ महिनामै प्रधानमन्त्री प्रचण्डको अस्थिरतासँग डा. भट्टराई भने आजित हुन पुग्नु भएको छ । यतिसम्म कि,उहाँ अब ०८४ को निर्वाचनमा प्रचण्डलाई फेरि आफनो क्षेत्र नदिने मुडमा पुग्नु भएको छ । भट्टराईकै पूर्व प्रेस संयोजक तथा नेसपाकै केन्द्रीय सदस्य विश्वदिप पाण्डेले आज सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । पाण्डेले ०८४ को निर्वाचनमा गोरखा २ बाट डा. भट्टराई नै उठ्ने दावी गरेका छन् ।
'म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे ! अग्रगामी कि पश्चगामी उथलपुथल ? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट,युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ? लाटो खान्छ एक बल्ड्यांग,बाठो खान्छ दश बल्ड्यांग नहोस् !'
'नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसंग वृहत् छलफल भएको थियो', उनले भनेका छन्,'आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब २०८४ को निर्वाचनमा गोरखा-२ मा उम्मेदवार हुनुहुनेछ ।'
यद्यपि,केही दिनअघि पनि डा. भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई 'लाटो खान्छ एक बल्ड्यांग,बाठो खान्छ दश बल्ड्यांग' भन्दै कटाक्ष गर्नु भएको थियो ।
गत साता प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएपछि भट्टराईले यस्तो कटाक्ष गर्नुभएको हो । उहाँले भन्नुभएको थियो, 'म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे ! अग्रगामी कि पश्चगामी उथलपुथल ? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट,युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ? लाटो खान्छ एक बल्ड्यांग,बाठो खान्छ दश बल्ड्यांग नहोस् !'
उहाँले पार्टीको तर्फबाट एउटा विज्ञप्तिसमेत जारी गरेर प्रधानमन्त्री प्रचण्डको सत्ता केन्द्रित प्रवृतिले देशलाई पश्चगमनतर्फ धकेलेको दावी गर्नुभयो । जसमा भनिएको छ, ‘कुर्सीका लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने,सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारवाद, नातावाद,सत्ता लिप्सामा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमनतर्फ धकेल्ने निश्चित छ ।’
प्रधानमन्त्री प्रचण्डको हर्कतबाट मुक्त हुन भन्दै डा.भट्टराईले आफ्नो पार्टीका सांसदहरूको छुट्टै पहिचानका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिइसक्नुभएको छ ।
टिप्पणीहरू