एकै पटक ११२ राजमार्गको शिलान्यास, राजधानी नजिकै ‘एक्सप्रेस वे’ उद्घाटन
भारतमा आज एकै पटक ११२ वटा राष्ट्रिय राजमार्गको शिलान्यास गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेर अघि ती राजमार्गको शिलान्यास गर्नुभएको बताइएको छ ।
टाइम्स अफ इण्डियका अनुसार प्रधानमन्त्री मोदीले आजै राजधानी नजिकै द्वारका ‘एक्सप्रेस वे’ को उद्घाटन गर्नुभएको छ । ती सबै राजमार्ग सम्पन्न गर्न भारतले एक लाख करोड भारतीय रुपैयाँ विनियोजन गरेको जानकारी दिइएको छ ।
दिल्ली नजिकैको हरियाणा राज्यको गुरुग्राममा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो । नयाँ दिल्ली र गुरुग्राम जोड्ने राष्ट्रिय राजमार्ग ४८ मा हुने गरेको ट्राफिक जामलाई कम गर्न द्वारका एक्सप्रेसले सहयोग पुर्याउने बताइएको छ ।
टिप्पणीहरू